गीत ,उज्यालो

लालकिरण पोख्रेल

उज्यालोकाे अभियानमा हिडेका हाैं हामी
संसारलाई बचाउने मजदुर किसान ज्यामी ।

तलतल बग्दै गयो गण्डकीकाे पानी
जति हाड घाेटे पनि दुःखी जिन्दगानी ।

हिमालमा हिउँ छैन तराईमा अन्न
सामराज्यलाई सजाउन अब विदेश जान्न ।

पाखाेबारी बाँझै रह्यो, रह्यो गैरी खेत
चन्द्रमा र सूर्यकाे कहिले हुन्छ भेट ।

बादलुकाे घेरामुनी बित्यो हाम्रो जीवन
खाली खुट्टा भाेकाे पेट बितिगयाे जीवन ।

कहिले पूर्व कहिले पश्चिम जीवनरूपी चङ्गा
जति ठक्कर खाए पनि बगिरहन्छ गङ्गा ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation