नवलपरासीमा बन्दै गरेको घरको सेफ्टी ट्याङ्की भित्र बेहोस भई तीन जनाको मृत्य

पूर्वी नवलपरासी:पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-७ रानिनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसारका विनयी त्रिवेणी गाउँपालिका ७ स्थानीय ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजाको बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा मृत्यु भएको हो ।

सेफ्टी टङ्कीभित्र तीन जना बेहोस भई लडिरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक मध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रुपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) रहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो । घटनाको बारेमा थप अनुसन्धान भईरहको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation