राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान जारी

राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ७ ठाउँमा सम्पन्न  ! सुखाैरा, राङखानी, तंग्राम, काडेबास, जलजला, खुङ्गा र बाेहरागाउँमा सम्पन्न

२०८१ भाद्र १५ गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको सुखाैरा, राङखानी, तंग्राम, काडेबास, जलजला, खुङ्गा र बाेहरागाउँमा गरि सातै वटा टाेलिकाे कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार टाेलि नं १ काे कार्यक्रम बरेङ गाउँपालिकाकाे वडा न ५, सुखाैरामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पाैडेल, जिल्ला सदस्य हिरा बहादुर थापा, राष्ट्रिय जनमाेर्चा बरेङका सचिव पृथ्वी बहादुर पुन,  सहसचिव तुफान पुन, सल्लाहकार रुपनारायण शर्मा, राजमाे वडा समिति सल्यानका अध्यक्ष खडक पुन लगायतले मन्तव्य दिनु भएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष चित्र बहादुर पुर्जाकाे अध्यक्षता, जीवन थापाकाे सञ्चालन र टिकाराम शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न १०, राङखानीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार तथा जैमिनी नगर प्रमुख नर बहादुर पुन, अखिल नेपाल युबक संघका श्रीप्रसाद थापा,वडा सदस्य फणिन्द्र थापा, सिता बिक लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम टिका आचार्यकाे अध्यक्षता, जयराम आचार्यकाे सञ्चालन र झलक पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।कार्यक्रममा अखिल नेपाल  महिला संघ राङखानीले विविद तिजी कार्यक्रम प्रस्तुत गरेको थियो।

टाेलि नं ३ काे कार्यक्रम काठेखाेला गाउँपालिकाकाे वडा न ४ तंग्राममा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा, राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल शिक्षक संघका कमला थापा, राजमाे जिल्ला सदस्य लक्ष्मण पुन, टिकासंगम बिक, जिल्ला सल्लाहकार टेक बहादुर अारसी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङ सदस्य थमन पुन, अखिल नेपाल भुतपुर्व सैनिक संघका थिर बहादुर राना, जातीय समता समाज बागलुङका सदस्य कृष्ण बिक

लगायतले शुभकामना मन्तब्य दिनुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष बिष्णु कडेलकाे अध्यक्षता,

रिता खत्री कार्कीकाे सञ्चालन र वडा समितिका सदस्य हिरा बिककाे स्वागत मन्तव्यमा सम्पन्न भयकाे थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ तंग्रामले  तिजी कार्यक्रम सहित शुभकामना अादान प्रदान गरेको थियो।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ८ काडेबासमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य पुष्कर सापकोटा, अखिल छैठौं बागलुङका अध्यक्ष गणेश सापकोटा, जनप्रतिनिधि अमृता सुनार लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम वडा समिति अध्यक्ष श्याम सुनारकाे अध्यक्षता, मनिष कडेलकाे संचालन र चुडामणि कडेलकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।

टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न ४, जलजलामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य बाेम बहादुर थापा, अखिल नेपाल महिला संघ बडिगाडका सदस्य रेखा श्रीस लगायतका अतिथिहरुले मन्तव्य दिनु भएको थियो । कार्यक्रम गम्बर बहादुर श्रीसकाे अध्यक्षता र ताेप बहादुर श्रीसकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न ४, खुङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, तम बहादुर घर्ती, राजमाे ढाेरपाटन सदस्य नारायण घर्ती लगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम राम बहादुर अर्गेजाकाे अध्यक्षता, कुल बहादुर छन्त्यालकाे सञ्चालन र ईन्द्रमान छन्त्यालकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न ३, बाेहरागाउँमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष खिम बिक्रम शाही, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, वा न ३ का वडाअध्यक्ष रमेश बिक्रम शाही, अखिल नेपाल किसान संघ बागलुङका काेषाध्यक्ष लिला घर्ती, बिक्रम सिर्पाली लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम धन कुमारी शाहीकाे अध्यक्षता र थमन घर्ती मगरकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation