खलंगा भदौ १५ गते ।
अखिल नेपाल युवक संघ झिमरूक गाउँ पालिका अन्तर्गत वडा नं ७ काे प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि राजमाे लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पाेख्रेल र राजमाे केन्द्रीय सदस्य नारायण जिसीले प्रशिक्षण दिनुभएको थियोे ।कार्यक्रममा जातीय समाज जिल्ला सदस्य कृष्णबहादुर सुनार,अखिल नेपाल किसान महासंघका झिमरूक पालिका समितिका सदस्य पुर्ण बहादुर एम्सी,युवक संघ पलिका सदस्य भवानी सिह रसाइली,महिला संघ पालिका सदस्य बसन्ता विक,शिक्षक पालिका सदस्य तथा वार्ड समितिका अध्यक्ष गाेर बहादुर विक,राजमाे वार्ड समिति अध्यक्ष दिनेन्द्र महतारा,उपाध्यक्ष भाेजु गिरी,महिला संघ वडा समिति अध्यक्ष ईन्दु सुनार र खिम बहादुर बस्नेतकाे समेत आतिथ्यता रहेको थियोे ।आयाेजक समितिका सचिव अशाेक जिसीकाे अध्यक्षता,वसन्त केसीको संचालनमा अघि बढेको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट माैनधारण पछि सुरू भएको कार्यक्रममा स्वागत भवानी रसाइलीले गर्नु भएको थियोे । नयाँ समितिको प्रस्तावित नामावली अखिल नेपाल युवक संघ जिल्ला सदस्य बसन्त केसीले प्रस्तुत गरे पछि सर्वसम्मत रूपमा पारित भएको थियोे । निर्वाचित समितिको प्रथम बैठकले भवानी सिह रसाइलीकाे अध्यक्षतामा ९ पूर्ण ३ सल्लाहकार सहितकाे समिति निर्वाचित गरेको छ जस्काे घाेषणा राजमाे वडा समितिका अध्यक्ष दिनेन्द्र महताराले गर्नु भएको थियोे ।समितिको उपाध्यक्ष कुबेर गिरी,सचिव अशाेक जिसी,सह-सचिव पिताम्बर शर्मा,काेषाध्यक्ष निर्मला सुनार र सदस्यहरूमा अशाेक विक,भाेजेन्द्र राेका,मिना पाेख्रेल,चेतमान एम्सी,महेन्द्र विक र शन्दीप रसाइली रहनु भएको छ।











