काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्।
आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।
उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।











