चेन्नै उत्तरमा एरिया सम्मेलन सम्पन्न

लाेकेन्द्र पाैडेल दक्षिण भारत

दिनाङक ०१/०९/२०२४ का
दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै उत्तर नगर समिति द्वारा सञ्चालित अल्वरपेट एरिया समितिको १५ औ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ।।
रवि अधिकारीको अध्यक्षता कोटी प्रसाद पोख्रेल को संचालन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेलको विशेष उपस्थिति र दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभाग कोषाध्यक्ष मिलन शर्मा, महिला विभाग मिना कुमारी केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिका सदस्य कमल बस्याल,को अतिथि आसन ग्रहण गर्नु भएकाे उक्त कार्यक्रममा उपस्थित जनमानसलाई विष्णु बहादुर थापा क्षेत्रीले शब्दबाट स्वागत गर्नुभएको थियो । १५औ वार्षिक सम्मेलनको उद्घाटन र उद्घाटन भाषण चेन्नइ उत्तर नगर समितिका वरिष्ठ सदस्य मानबहादुर के.सी.ले तालीको गडगडाहट बीच गर्नुभएको थियो। उहाँले उद्घाटन भाषणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासमा रहने नेपालीहरूको संगठन मात्र नभएर विश्वविद्यालय पाठशाला र अभिभावक समेत रहेको बताउनुभएको थियो। साथै उहाँले एकता समाज नै प्रवासी नेपालीहरूको सधैंभरि मलमपट्टिको रुपमा रहँदै आएको बताउँदै सम्पूर्ण प्रवासमा रहने नेपालीहरूलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नुभएको थियो। सम्मेलनको शुभकामना वक्तव्य राख्दै विशेष उपस्थिति लोकेन्द्र पौडेलले नेपालमा सत्ताको साझेदारी गर्ने पार्टीहरूको कारणले नेपालीहरू प्रवासमा कठिनपूर्वक जीवन बिताउन बाध्य रहेको बताउनु भयो। उहाँले शासन गर्ने शासकहरू साम्राज्यवादी हरूको कठपुतली भएको कारण एउटा हामीहरुले चलाइरहेको एटिएम कार्ड समेत विश्वको सबै राष्ट्रमा चल्ने र नेपालमा त्यो एटिएम प्रयोग नहुने समेत एटिएममा उल्लेख गरेको उदाहरण दिँदै प्रवासमा रहने नेपालीहरूको सत्तामा रहने शासकहरुलाई कुनै वास्ता नरहेको बताउनु भयो । उहाँले भन्नुभयो साम्राज्यवादीहरूको कारण सर्वोच्च अदालतले फैसला गरेको प्रवासी नेपालीहरूको मताधिकारको अधिकार समेत प्रयोग गर्ने नपाएको बताउनु भयाे। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासी नेपालीहरूको अधिकारको बारबार उठान गर्दै आइरहेको बताउँदै प्रवासमा रहने प्रवासी नेपालीहरूको अदालतको रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र रहेको हुँदा विभिन्न खाले अवसरवादीहरू व्यक्ति स्वार्थी हरु बाट सत्रकता अपनाउँदै सम्पूर्ण प्रवासी नेपालीहरूलाई मूल प्रवाहमा आबद्ध हुन आह्वान गर्नुभएको थियो।। त्यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै दक्षिण नगर समितिका सदस्य कमल बसेल, विद्यार्थी विभाग क्षेत्रीय कोषाध्यक्ष मिलन शर्मा, महिला विभाग मिना कुमारी के .सी,.चेन्नै उत्तर नगर समितिका सदस्य धनबहादुर जीएम लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो।।
१५औ एरिया सम्मेलनको पहिलो चरणको कार्यक्रम पछि
बन्द सस्त्र सुरु भएको थियो। बन्दशास्त्रमा सर्वप्रथम काशीराम शर्माले प्यानलको नामावली र सङ्ख्या प्रस्तुत गर्नुभएको थियो। हाउसले एकमतले पारित गरेको थियो।। प्यानल पारित भए लगत्तै कोटी प्रसाद पोखरेलले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन हाउसबाट एकमतले पारित भएको थियो। त्यसपछि मानबहादुर केसीको अध्यक्षतामा ११ जना पूर्ण, २ जना वैकल्पिक, र २ जना सल्लाहकार गरी १५ जनाको एरिया समिति रहेको नवनिर्वाचित समितिको नामावली विशेष उपस्थिति क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलले घोषणा गर्नुभएको थियो।
(१) अध्यक्ष:- मान बहादुर के .सी .
(२) उपाध्यक्ष:- धन बहादुर जी.एम .
(३) सचिव:- विष्णु बहादुर थापा क्षेत्री
(४) सह-सचिव:- पदम गिरी
(५) कोषाध्यक्ष:-रवि अधिकारी
(६) सदस्य:-विष्णु बहादुर सुनार
(७) नेत्र प्रसाद शर्मा
(८) :- कोटी प्रसाद पोख्रेल
(९) :- काशी राम शर्मा
(१०) :- गायत्री खड्का
(११) :- तिलक सिंह के .सी .
(१२) वैकल्पिक सदस्य :-देवी थापा क्षेत्री
(१३) ,, :- बसन्ती खत्री
(१४) सल्लाहकार सदस्य :- मिना के सी
(१५)- सीता शर्मा चयन हुनुभएको छ। नवनिर्वाचित समितिलाई लोकेन्द्र पौडेल, रुमा राम भण्डारीले बधाई दिनुभएको थियो आयोजकको तर्फबाट काशीराम शर्मा ले धन्यवाद ज्ञापन गर्नुभएको थियो।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation