राजमो बागलुङको संगठनात्मक अभियानकाे जैदी, रिघा, दर्लिङ, गादीखाेला, निसीमा सम्पन्न  

 

बागलुङ ,:राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ५ ठाउँमा ! जैदी, रिघा, दर्लिङ, गादीखाेला, निसीमा सम्पन्न

२०८१ भाद्र १७गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं  संघीयताको खारेज गराैं ´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको जैदी, रिघा, दर्लिङ, गादीखाेला, निसीमा गरि ५ ठाउँमा कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ७, जैदीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, लिलादेबि शर्मा राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य ठाकुर शर्मा, राजमाे नगर सदस्य झलक पुन लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम जंग बहादुर के.सीकाे अध्यक्षता, मन बहादुर सुनारकाे सञ्चालन र नारायण शर्माकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ११, रिघामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना, राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम भक्तिराम पुनकाे अध्यक्षता, दल बहादुर बुढाथोकीकाे संचालन र रण बहादुर थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।

टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न ९, दर्लिङमा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा,  राष्ट्रिय जनमाेर्चा बडिगाडका सचिव विमल श्रीस लगायतका अतिथिहरुले भेटघाट तथा प्रशिक्षण गर्नु भएको थियो ।

टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न ६, गादीखाेलामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य निम कुमारी भण्डारी, अखिल नेपाल शिक्षक संघका दुर्गा भण्डारी, वडा सदस्य ज्ञान बहादुर भण्डारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रम स बहादुर छन्त्यालकाे अध्यक्षता, रुप प्रशाद भण्डारीकाे सञ्चालन र खुम बहादुर भण्डारीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

टाेलि नं ७ काे कार्यक्रम निसीखाेला गाउँपालिकाकाे वडा न ५, निसीमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य गाैरीश्वर पाण्डे, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, लगायतले मन्तब्य दिनुभएको थियोे । कार्यक्रम माेतिमाला बिककाे अध्यक्षता र चिन बहादुर घर्तीकाे सञ्चालनमा सम्पन्न भयकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation