
बागलुङ -राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियानकाे ४ ठाउँमा अर्जेवा, हरिचाैर, ग्वालीचौर, बाेवाङमा सम्पन्न
२०८१ भाद्र १८गते “गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान बागलुङको अर्जेवा, हरिचाैर, ग्वालीचौर, बाेवाङमा गरि ४ ठाउँमा कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार टाेलि नं २ काे कार्यक्रम जैमिनी नगरपालिकाकाे वडा न ६, अर्जेवामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमाे नगर सदस्य झलक पुन, शान्ति सुनार लगायतले प्रशिक्षण मन्तब्य दिनुभएको थियोे । कार्यक्रम खुम बहादुर के.सीकाे अध्यक्षता, तुल बहादुर पुनकाे सञ्चालन र विष्णु थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।
टाेलि नं ४ काे कार्यक्रम गलकाेट नगरपालिकाकाे वडा न ५, हरिचाैरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, सल्लाहकार टंक केसी, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य लाल बहादुर राना, पदम श्रेष्ठ, बिष्णु बस्नेत, कृष्णा पुन, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, जातीय समता समाज बागलुङका सदस्य रन बहादुर बिक लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे। कार्यक्रम
वडा समितिका अध्यक्ष अमर खत्रीकाे अध्यक्षता, खडक बिककाे संचालन र देबि खत्रीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे।
टाेलि नं ५ काे कार्यक्रम बडिगाड गाउँपालिकाकाे वडा न ५, ग्वालीचौरमा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय महासचिव भिमसेन वन, नेकपा मसाल बागलुङका प्रबक्ता मेक बहादुर पाईजा, राष्ट्रिय जनमाेर्चा बडिगाडका सचिव विमल श्रीस लगायतका अतिथिहरुले भेटघाट तथा प्रशिक्षण गर्नु भएको थियो ।
टाेलि नं ६ काे कार्यक्रम ढाेरपाटन नगरपालिकाकाे वडा न ७, बाेबाङमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिपक थापा, जिल्ला सदस्य तम बहादुर घर्ती लगायतले भेटघाट तथा प्रशिक्षण गर्नु भएको थियोे ।