अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटो/भिडिओ खिच्दै गरेका चार जना युवाहरूलाई खोलाले बगाएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल मृत फेला परेका हुन्। त्यस्तै, सोही ठेगाना भएका बरगाउँ बस्ने २३ वर्षीय किशोर रास्कोटीकोपनि मृत्यु भएको खबर छ।
सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका हुन्।
वडा नम्बर १३ र १४ को बीचमा पर्ने उक्त छहराबाट बगाएकामध्ये एकजनाको शव फेला परेको प्रहरी बताएको छ।
सोही खोलाले बगाएका अन्य दुई जना भने सकुशल फेला परेका छन्। अर्का एकजनाको भने खोजी भइरहेको इन्स्पेक्टर रावलले जानकारी दिए।
उक्त खोला निकै ठाडो र अप्ठेरो भएकाले प्रहरीलाई उद्धार कार्यमा असहज भइरहेको प्रहरीले बताएको छ।
बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।