तिनाउ खोलाले बगाउंदा एक जनाको मृत्यु

रेखीराम राना

तानसेन, भदौ १९ गते । तिनाउ खोलाले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो १२:१५ बजेतिर कुमालको शव माथागढी–३, स्थित तिनाउ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

माथागढी–३, सिमलघाटस्थित तिनाउ खोला तर्ने क्रममा कुमाललाई खोलाले बगाएर मृत्यु भएको तानसेन–९, का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation