
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रगञ्जदेखि बुटवल जाँदै गरेको लु १ झ ४७६३ नम्बरको भाडाको जीप सितगंगा नगरपालिकास्थित हिलो खोला नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा सवार ६५ वर्षीय राम पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते ९ जनालाई उपचारका लागि बुटवल पठाइएको राठौरले जानकारी दिए ।