
युएई नेपाली एकता समाज महिला विभाग क्षेत्रीय समिति आबुधाबीको आयोजनामा दाबीको सिटिमा प्रगतिशील तिज कार्यक्रम सम्पन्न भएको छ
महिला विभाग क्षेत्रीय समिती सचिव विना तामाङको संचालन र मन्जु शर्माको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा लक्ष्मी भुसालले उपस्थित सम्पुर्ण साथीहरू लाई शव्दबाट स्वागत गर्नुभएको थियोे भने कलाकारहरूले प्रगतिशील तिज गितबाट स्वागत गरिएको थियोे
प्रमुख अथिती केन्द्रिय समिती अध्यक्ष अर्जुनप्रसाद उपाध्याय, विशिस्ट अथिती युएई नेपाली एकता समाज सल्लाहकार दिनेश थापा,महिला विभाग केन्द्रिय समिती सदस्य सावित्रा खनाल अथिति समाजसेवी होमलाल घिमिरे,अनिल श्रेष्ठ केन्द्रीय समिति सदस्य,विजय वि सि आबुदाबी क्षेत्रीय समिति सदस्य ,मया गुरुङ महिला बिभाग क्षेत्रीय समिती सदस्य ,अर्जुन खड्का रेणु परिवार रहनुभयको थियोे
प्रमुख अतिथि युएई नेपाली एकता समाज अध्यक्ष अर्जुनप्रसाद उपाध्यायले प्रगतिशील तिजको बारेमा प्रकाश पार्दै प्रवासमा नेपाली मजदुरहरुले भोग्नु परेका समस्याहरुको बारेमा जानकारी गराउदै सम्पुर्ण महिला दिदीबहिनीहरु संगठित भयर आफ्ना हकहितका लागि अगाडि बढ्नु पर्ने बताउनु भएको थियोे अन्य अथितीहरुले पनि आआफ्नो तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो तेसै गरि समितिको तर्फबाट समिती सदस्य कला परिवार र तारा शर्मा शुभकामना मन्तव्य व्यक गर्नुभयको थियो,नेपाली परिकारको खाना सहित बिचबिचमा महिला दिदीबहिनीहरुले आआफ्नो मौलिक तिजको लयमा नाच्दै गाउदै मनोरञ्जनको साथमा भव्य रुममा कार्यक्रम सम्पन्न गरिएको थियोे।