जनजाति सम्मेलन घोराहीको भेला सम्पन्न

दिनेश रैदास, दाङ
२०८१ भाद्र २७ बिहीबार

अखिल नेपाल जनजाति सम्मेलन घोराही उपमहा नगरपालिका स्तरीय भेला आज राजमो कार्यालय घोराहीमा सम्पन्न भएको छ। भेलाले जीतबहादुर पुनको अध्यक्षता मा ११ सदस्य र दुई जना सल्लहाकार गरी १३ सदस्यीय कार्य समितिको चयन गरेको छ।

जसको उपाध्यक्षमा मतिलाल पुन, सचिबमा शेरवहादुर पुन , सहसचिव फन वहादुर घर्ति र कोषाध्यक्षमा तेजबहादुर चौधारी चयन हुनुभएको छ भने सदस्यहरुमा ज्ञान वहादुर घर्ति, मेघराज आले, मीनबहादुर पुन, पूर्ण घर्ति सूर्यबहादुर थापा र लेखिमाया पुन रहनु भएको छ। त्यसैगरी सल्लाहकारमा मंगल घर्ति र सावित्री घर्ति चयन हुनुभएको छ।

प्रमूख अथिती अखिल नेपाल जनजाति सम्मेलन पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएम जनजातिहरुको मौलिक हक अधिकार, यो राज्य व्यवस्थाले गर्न नसकेको बताउँदै , जनजातिहरुको समस्या जातीय समस्या नभई वर्गीय समस्या भएको बताउनु भएको थियो।

राजमो जिल्ला कोसाध्यक्ष हरी खरेल, जिल्ला सदस्य मेघराज भट्टराई, अखिल नेपाल महिला संघकी लक्ष्मी पुन, अखिल नेपाल ट्रेडयुनियन दाङ्गका सचिव तुलसीराम पन्थी, राजमो दाङ्गका सहसचिव कृष्णा राना, राजमो जिल्ला सल्लहाकार खडानन्द खनाल, अखिल नेपाल शिक्षक संघ प्युठान जिल्ला समिति पुर्व सदस्य शोभाराम आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

सहिद प्रति एक मिनेट मौनधारण गरी शुरू भएको भेलामा अखिल नेपाल जनजाति सम्मेलन दाङका कोसाध्यक्ष मंगल घर्तिको स्वागत् मनतव्यबाट अगाडी बढेको भेलाको सहजीकरण शेरबहादुर पुनलेले गर्नु भएकाे थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation