
बागलुङ ,
`गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र २७ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे खारेजी र बिकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीकाे बिरुद्ध जिल्ला प्रशासन कार्यालय, बागलुङ मार्फत प्रधानमन्त्री तथा नेपाल सरकारकाे ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद सुवेदीलाई २७ बुद्दे ज्ञापनपत्र जिल्ला अध्यक्ष तिलक थापा सहितकाे टाेलीले बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष तिलक थापा, गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्काेटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, थानेश्वर सुवेदी, जिल्ला सदस्य टीका संगम बिक, रिम बहादुर थापा, बाेम बहादुर थापा, जिल्ला सल्लाहकार टेक बहादुर अार सी, नगर सदस्य तुलबिर श्रीस, पदम रायमाझी लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि प्रमुख जिल्ला अधिकारी नेत्र प्रशाद सुवेदीले प्रधानमन्त्रीकाे कार्यालय सम्म पुराउने, जिल्ला प्रशासन कार्यालयकाे पहलमा हुने कार्यकाे कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।