बुटवलको बेलबासमा स्कुटर र मोटरसाइकल ठोकिए एक जनाको मृत्यु

 

रुपन्देही – बुटवलको बेलबास चोकमा स्कुटर र मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको  छ भने अन्य २ जना घाइते भएका छन् । सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा एक आपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेका छन । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते भएकि छिन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation