
बागलुङ ,`गणतन्त्र र राष्ट्रियताकाे रक्षा गराैं ! संघीयताको खारेज गराैं !!´´भन्ने उदघाेष सहित सञ्चालित राष्ट्रिय जनमाेर्चा बागलुङको विशेष संगठनात्मक अभियान अन्तर्गत मिति २०८१ भाद्र २८ गते राष्ट्रिय जनमाेर्चा बागलुङले` राष्ट्रियता, जनतन्त्र, जनजिबिकाकाे पक्षमा, संघीयताकाे खारेजी र बिकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीकाे बिरुद्ध स्थानीय सरकारकाे ध्यानाकर्षण गराउन काठेखाेला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की लाई २३ बुद्दे ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल, सचिवालय सदस्य लक्ष्मण पुन, थानेश्वर सुवेदी, जिल्ला सदस्य रिम बहादुर थापा, पालिका सदस्य नर बहादुर थापा लगायत रहनु भएको थियोे। ज्ञापनपत्र बुझे पछि गाउँपालिकाका अध्यक्ष राजु थापाले कार्यान्वयनका तथा सहजिकरणका लागि अावश्यक पहल गर्ने प्रतिवद्धता राख्नु भएको थियाे ।