राजकुमार कक्षपती र मुकुन्दराज रोकाले गठन गरे वामपन्थी केन्द्र पाटी

नेकपा एकिकृत समाजवादी पार्टी छोडेका राजकुमार कक्षपती मुकुन्दराज रोका र अर्जुन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र पार्टी घोषणा गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले पार्टीको नाम घोषणा गरेका हुन् । संसारका श्रमिक वर्ग एक होऔं भन्ने मुल नारा दिएर घोषित भएको पार्टीको नेता संयोजकमा प्युठानका राजकुमार कक्षपति, अध्यक्षमा दाङका मुकुन्दराज रोका र महासचिवमा दाङकै अर्जुन अधिकारी रहेका छन् ।

हाल ५१ सदस्य केन्द्रिय समिति विस्तार गरिएकाे छ । अन्य कार्यसमिति सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन । हाल लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई समेटेर कार्यसमिति बनाएको र पछि यसलाई सबै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेकाे अध्यक्ष रोकाले बताएका छन्।

त्यसैगरी नेता संयोजक कक्षपतीले भन्नुभयो नेपालीको राजनीति इतिहास लामो रहेतापनी दलगत राजनीति चलिरहेको अवस्था छ। पुरानो भुक्तभोगी बुढा पाका ,बुद्धिजीवी ,दार्शनिक र युवाहरूको भनाइ अनुसार देश र जनताले भोग्नुपरेको आर्थिक ,राजनीति र सामाजिक पिडा अहिलेको दलगत राजनीति बाट राहत पाउनुपर्ने भन्दा पनि आघात पुगेको आमजनताले महसुस गरिरहेको अवस्था छ भने अर्को तर्फ हामी वामपन्थी प्रगतिशील बादी कम्युनिस्ट हौँ भन्ने पार्टीहरू पनि पुजीपति पार्टीहरु भन्दा गय गुज्रिएका लोभी पापी, ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्ने के ठिक के बेठीक विषय वस्तु केलाउन नसक्ने, भ्रष्ट दृष्टिकोण अंगालेका कम्युनिस्ट हरुबाट जनताले के आशा गर्ने, पटकपटक राज्यसत्ताको दुरुपयोग गरेर धनढाय बन्ने, आफू बन्ने, आफ्नालाई बनाउने, अर्कालाई दलालि भन्नेहरु आफै दलाली बन्दै जनतालाई धोका दिएको हुँदा नयाँ सच्चा कम्युनिस्ट पार्टीको आवश्यक अनुरुप नेकपा वामपन्थी केन्द्र पार्टी खोलीएको बताए ।३ जना नेताहरु लामो समय देखि नेकपा एकिकृत समाजवादी पार्टी क्रियाशील रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation