लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक एमआरआई सेवा सुरु

बुटवल, ६ चैत । लुम्बिनी प्रादेशिक अस्पताल मा अत्याधुनिक एमआरआई सेवा सुरु भएसँगै अब उपचारका लागि काठमाडौं र गोरखपुर धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले उद्घाटन गर्नुभएको उक्त सेवा प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आएको हो। सेवाको सुरुवातसँगै बिरामीले सस्तो, छिटो र गुणस्तरीय परीक्षण पाउने विश्वास गरिएको छ।
अस्पताललाई भविष्यमा प्रतिष्ठानका रूपमा विकास गर्ने योजना अघि बढाइँदै गएको छ, जसले प्रदेशभित्रै विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation