आजको मौसम पूर्वानुमान

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ।
हाल कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी–हिमाली भू–भाग, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भाग, र बाँकी प्रदेशका हिमाली क्षेत्रहरूमा सामान्यतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बादल छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसोको स्थिति:
देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी–हिमाली भू–भागमा मेघगर्जन, चट्याङ्ग/असिना सहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा/हिमपातको जोखिम पनि छ।
आज राति:
देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम, गण्डकी र केही अन्य स्थानमा मेघगर्जन, चट्याङ्ग/असिना सहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation