पाल्पाको तिनाउ खोलामा डुबेर भारतीय युवकको मृत्यु, एक बेपत्ता

पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–३ अन्तर्गत तिनाउ खोलामा डुबेर एक भारतीय युवकको ज्यान गएको छ भने अर्का एक अझै बेपत्ता रहेका छन्।
प्राप्त जानकारीअनुसार खोलामा नुहाउने क्रममा उनीहरू डुबेका थिए। घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने अर्का युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयवासी र सुरक्षाकर्मीको संयुक्त टोलीले बेपत्ता व्यक्तिको खोजी तीव्र पारेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation