
शंकर प्रसाद पोख्रेल ,तिलोत्तमा रुपन्देही
समाजको बिथिती विरुद्ध राष्ट्रिय जनमोर्चा तिलोत्तमाले बिरोध सभा सम्पन्न गरेको छ।
बिरोध सभाको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशमा ब्याप्त भ्रष्टाचार मौलाएको ,राजनीति संरक्षणमा भ्रष्ट कालाबजारिया,तस्कर हरु सहकारी ठगहरु हुर्किरहेको,समाजमा अन्याय अत्याचार बढ्दै गयकोले त्यसको विरुद्ध राष्ट्रिय जनमोर्चाले देशब्यापि बिरोध कार्यक्रम आयोजना गरेको बताउनुभयो।तिलोत्तमाको बिरोध सभामा बोल्दै केसीले देशका ठुला दलर उनिहरुका नेताहरुको सोच राजनीति गरेर आफुले कमाउने आफू आफ्न्त बनाउने आसेपासेलाइ पोस्ने भ्रष्टाचार गर्ने रहेकोले देशको अबस्था नाजुक रहेको बताउनुभयो,केसिले देशमा युवाहरू बेरोजगार भयर बाध्य भएर बिदेसिनुपरेको,तर सरकार खाली सत्तामा कसरी टिक्ने भन्ने तर्फ मात्र लागेकोले अहिलेको अवस्थामा देशको स्थिति चिन्ताजनक भएको बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य इन्दिरा ज्ञवाली ,नेकपा मसालका रुपन्देही जिल्ला प्रबक्ता लालचन्द पन्तलेपनि मन्तव्य राख्नुभएको थियो।राजमो केन्द्रिय सल्लाहकार बद्रे आलाम राजमो जिल्ला अध्यक्ष टान बहादुरकेसिको पनि अतिथ्य्ता रहेको उक्त कार्यक्रमको संचाल राजमो तिलोत्तमाका नगेन्द्रराज श्रीनेत अध्यक्षता राजमो तिलोत्तमाका नगर अध्यक्ष हर्क टन्डन ,र स्वागत भासण राजमो तिलोत्तमका उमाकान्त न्यौपानेले गर्नुभएको थियो।