तिनाउ खोलामा डुबेर दुई भारतीय युवाको मृत्यु

बुटवल, चैत ९, २०८२ – पाल्पाको तिनाउ गाउँपालिका–३, ड्यामसाइड नजिकैको तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवाको शव फेला परेको छ।
आइतबार दिउँसो करिब २ बजे, भारतबाट घुम्न आएका ७ जना युवक नुहाउने क्रममा डुबेका थिए। उनीहरूमध्ये १७ वर्षीय अमान अन्सारी उत्तर प्रदेश मेधावल ठाकुरद्वार पञ्चायत वडा नम्बर १८, सन्तकवीरनगरबाट आएका थिए। उनका शव सोमबार बिहान करिब १०:३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल फेला परे।
त्यसैगरी, सोही उमेरका मोहम्मद फहरान अन्सारी को शव सोमबार दिउँसो करिब ४ बजे डुबेको स्थानबाट करिब २०० मिटर तल भेटिएको प्रहरीले जनाएको छ।
ड्यामसाइड क्षेत्रमा हरेक वर्ष नुहाउने, पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा मानिसहरूले ज्यान गुमाउने घटना घट्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation