खिमराज चालिसे
भारत
भारतको हिमाचल राज्यको मनालीमा हिजो २२ मार्च २०२६ को शहरमा गगनभेदी नारा लगाउदै विशाल मार्च पास सहित मूल प्रवाहको सातौ नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा अध्यक्ष पौडेलले सम्वोधन गर्दै हिमाचल स्थित नेपालीहरुको हक हितको रक्षाको निमित्त मूल प्रवाह सधै संघर्षरत रहेको बताउनु भयो। वहाले मूल प्रवाह जहा पुग्छ त्यहा ढुक्क संग नेपालीहरु आफनो दैनिकीमा लाग्न सक्ने धारणा राख्नु भयो। वहाले “मूल प्रवाहले उठाउने सबै मुद्धाहरु तपाईहरुको हकहित संग जोडिएका हुन्छन। देशको राष्ट्रियता संग जोडिएका हुन्छन, त्यसैले मूल प्रवाह आंखा को नानी सरह प्यारो छ” भन्नु भयो।
घोषणा सभालाई सम्वोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय सदस्य एवं राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, एसडिएम मनाली का रमन कुमार शर्मा मनाली र डिएसपी के.डी. शर्मा मनालीले विशिष्ट अतिथिको आशनबाट सम्वोधन गर्नु भएको थियो।
सम्मेलनले रतनलाल पुनको अध्यक्षतामा ३१ पुर्ण १० बैकल्पिक र १० सल्लाहकार रहेको ५१सदस्यीय कुल्लू मनाली नगर समिति गठन गरेको छ। उपाध्यक्ष कमला शाहि सचिव तिलक सिजापती, सहसचिव कुमार लामा, कोषाध्यक्ष बिष्णु शर्मा रहनु भएको छ।
यसैगरि सदस्यहरुमा शेर बहादुर, सोनु गौतम, राम बहादुर, मनिराम, राजेन्द्र खत्री, सुका लामा, राम बहादुर बि कुलदिप बुढामगर, बजिर सिंह, टिका लामा, बिर बहादुर मगर, संतोष सोढारी, सुनिता कठायत, पाषाङ शेर्पा, कान्छी माया, खगेन्द्र रावत, मनोज खत्री, जगत रावत, साईला, काजी, देबा शेर्पा रहनु भएको छ।
त्यसैगरि वैकल्पिक सदस्यहरुमा राजेन्द्र कुमार खत्री, प्रशान्त शाहि, मुस्कान क्षेत्री, फार्मु शेर्पा, राधा पुन, गोविंद सिंजापति, कुसुम, आशा तामाङ, अनिता ठाकुर, सुमन मगर, रहनु भएको छ।
यसैगरि सल्लाहकारहरुमा कमला पुन, माया राई, अमर मगर, सुनिता बस्नेत, ललि सुजी, निर्मला, मनिष तामाङ, सत्यपाल पुन, ध्यान बहादुर सुजी, खम्बा सेर्पा रहनु भएको छ।
सम्मेलनले ९ सदस्यीय सचिवालय समितिको पनि गठन गरेको छ जस्मा रतनलाल पुन कमला शाहि, तिलक सिंजापती, कुमार लामा, बिष्णु शर्मा जय बहादुर, हरिश कुमार, रवि पुन र सानु माया रहनु भएको छ।
नवनिर्वाचित समितिलाई शुभकामना दिदै सम्वोधन गर्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रिय सचीव कुल बहादुर बगाले, केन्द्रिय सदस्य तारा सोमरे, केन्द्रिय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रिय सल्लाहकार जितमान थापा, केन्द्रिय परिषद सदस्य जमुना गाहा तथा हिमाचल राज्य समिती सचिव भुवन केसी, कोषाध्यक्ष सिताराम, सदस्य चिन्त बहादुर पुन, बलजित बाबा, कनहैया चौधरी र भगतराम बस्नेत मोहन लाल बाली हिमाचल राज्य समिती महिला संयोजक विमला शाही र सदस्यहरु विष्णु शाही मुस्कान कुमारी सानुमाया लगाएत हुनुहुन्थ्यो ।
सम्मेलन घोषणा सभापुर्व शहरमा राता राता व्यानर बोकेर गगनभेदी नारा लगाउदै विशाल मार्च पास गरिएको थियो। मार्च पासको नेतृत्व मूल प्रवाह केन्द्रीय अध्यक्ष प्रेम पौडेलले गर्नु भएको थियो।
कार्यक्रम मिथुन सिंहको संचालनमा तथा जय बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत हरिश बहादुरले गर्नु भएको थियो । उक्त कार्यक्रममा जालन्धरको सांस्कृतिक टिमले सांस्कृतिक प्रस्तुति दिएको थियो।










