बालेनको १६ मन्त्रालय प्रस्ताव, रविको अडान १८ मन्त्रालयमा

नयाँ जनादेशपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनले १६ मन्त्रालयको मन्त्रिपरिषद गठन गर्ने गृहकार्य अघि बढाइरहेका छन्।
रास्वपाका शीर्ष नेताहरू—सभापति रवि लामिछाने, उपसभापति डोरप्रसाद अर्याल र अर्का उपसभापति स्वर्णीम वाग्ले—संगै बालेन्द्रको मन्त्रिपरिषद प्रस्तावको प्रारम्भिक छलफल भइरहेका छन्।
बालेन्द्रको १६ मन्त्रालय प्रस्ताव:
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय)
गृह मन्त्रालय (साविकको गृह मन्त्रालय + आन्तरिक सुरक्षा र प्रशासन)
अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय + राष्ट्रिय योजना आयोग)
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान तथा प्रविधि + युवा तथा खेलकुद)
स्वास्थ्य तथा सामाजिक कल्याण मन्त्रालय (स्वास्थ्य, जनसंख्या + महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)
भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
उद्योग, श्रम तथा आपूर्ति मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति + श्रम, रोजगार तथा सामाजिक सुरक्षा)
वन, वातावरण तथा प्राकृतिक स्रोत मन्त्रालय (वन, वातावरण + खानेपानी तथा सरसफाइ)
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
सार्वजनिक सेवा तथा सञ्चार मन्त्रालय (सञ्चार, सूचना प्रविधि + संघीय मामिला तथा सामान्य प्रशासन)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
तर पार्टी सभापति रवि लामिछानेले विगत छलफल अनुसार १८ मन्त्रालय यथावत राख्ने अडानमा कायम रहेका छन्। बालेन्द्रले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिँदा बाँकी मन्त्रीको शपथ पनि गराउने तयारी गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation