मूल प्रवाहले खोज्यो लावारिस लासको पहचान र आफन्तलाई दिलायो मृत्यु प्रमाणपत्र

 

खिमराज चालिसे
भारत

भारतको राजस्थान राज्यको हनुमानगढमा छ वर्ष पहिला कोरोना महामारीको समयमा लावारिस लासको रुपमा प्रशासनद्धारा जलाईएका मिन बहादुर पान्डेको पहिचान गरि मूल प्रवाहले आफन्तलाई मृत्यु प्रमाणपत्र समेत निशुल्क दिलाएको छ।

हामीलाई मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले दिएको जानकारी अनुसार भारतको चंडीगढ़बाट २०२० मा कोरोना महामारीको समयमा निधन भएका प्युठान जिल्लाको प्युठान नगर पालिका दम्ती निवासी मिन बहादुर पान्डेको असामायिक निधन पछि प्रशासनले आफन्त फेला पार्न नसकेपछि लावारिस लासको रुपमा दाह-संस्कार गरेको थियो।

करिव ६ वर्षपछि खोजी तलासीको क्रममा भारतको चन्डिगढबाट आफन्तहरु ईमा पान्डे, सरस्वती पान्डे हनुमानगढ चुङ्गिमा पुगेका रहेछन। त्यहा प्रशासनबाट कुरा नसुने पछि भारतीय नागरिकको सहयोगमा मूल प्रवाहका पुर्व नगर अध्यक्ष मोहन रसालीसंग पुगेका थिए।
त्यहा मूल प्रवाहका नेता लाई आफुलाई सहयोग गर्न आग्रह गरेको आधारमा थानामा पुगी मूल प्रवाहको पहलमा मृतकको सम्पुर्ण विवरण थानामा पत्ता लगाएर मृत्यु प्रमाणपत्र समेत निशुल्क उपलब्ध गराएको हो।

मूल प्रवाह द्वारा गरिएको उक्त कार्य प्रति मृतकका आफन्तहरु ईमा पान्डे, सरस्वती पान्डेले खुसी व्यक्त गर्दै समाजलाई धन्यवाद ज्ञापन गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation