भदौ २४ को घटनामा एउटै शैलीको आक्रमण: कार्की आयोगको खुलासा

भदौ २४ का घटनाबारे तयार गरिएको कार्की आयोगको प्रतिवेदनले देशभर भएका आगजनी र तोडफोडका घटनामा समान प्रकारको योजनाबद्ध शैली प्रयोग भएको संकेत गरेको छ। संवेदनशील सरकारी निकाय, अदालत, व्यापारिक केन्द्र तथा निजी संरचनामा आक्रमण गर्दा पहिले CCTV र डेटा प्रणाली नष्ट गर्ने, त्यसपछि कागजात जलाउने र अन्त्यमा आगजनी गर्ने प्रवृत्ति देखिएको उल्लेख छ।
प्रतिवेदनअनुसार केही स्थानमा पेट्रोल बम र रसायनजस्ता प्रज्वलनशील पदार्थ प्रयोग गरिएको थियो भने लुटपाटका घटनासमेत जोडिएका छन्। तर, अहिलेसम्म ठोस प्रमाणको अभावमा दोषी किटान गर्न नसकिएको आयोगले जनाएको छ।
आयोगले सीमित समय र स्रोतका कारण पूर्ण अनुसन्धान सम्भव नभएको भन्दै अब सरकारले विज्ञ टोली गठन गरी CCTV, BTS डेटा र सामाजिक सञ्जालका आधारमा थप छानबिन अघि बढाउनुपर्ने सिफारिस गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation