सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। नयाँ समायोजनअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा समान रूपमा १५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ।
यस वृद्धि सँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ भने बजारमा महँगी अझ बढ्ने अनुमान गरिएको छ। सम्बन्धित निकायले अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिलाई कारण देखाउँदै मूल्य समायोजन गरिएको जनाएको छ।











