बुटवल । बुटवल उपमहानगरपालिकामा केही दिनदेखि रोकिएको फोहर संकलन कार्य आजबाट पुनः सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका फोहर बोक्ने गाडीहरू बुटवलका विभिन्न क्षेत्रमा पुगेर थुप्रिएको फोहर उठाउन थालेका हुन्।
फोहर नउठ्दा स्थानीय बासिन्दा दुर्गन्ध र सरसफाइ समस्याबाट प्रभावित भएका थिए। आजबाट गाडी सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।
फोहर संकलन पुनः सुरु भएसँगै स्थानीयले राहत महसुस गरेका छन्।











