काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा सांसदहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार यसपटक ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू आ–आफ्नै सांस्कृतिक भेषभूषामा उपस्थित भएका थिए, जसले कार्यक्रममा विविधताको झल्को दिएको थियो।











