राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछाने को प्रस्तावमा बालेन शाह लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको हो।
बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरूले शाहको नाममा सहमति जनाउँदै उनलाई दलको नेतृत्व सुम्पिएका हुन्। पार्टीभित्र उदीयमान नेतृत्वका रूपमा चिनिएका शाहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइनुले रास्वपाले नयाँ शैलीको नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिएको विश्लेषण गरिएको छ।











