प्युठान — बाँदिकोटबाट बुटवलतर्फ जाँदै गरेको हाइस झिम्रुक गाउँपालिका–३ आहालखोला चिसापानी क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा करिब १२ जना यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
स्थानीयका अनुसार हाइस अनियन्त्रित भई सडकबाट तल खसेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ रिफर गरिएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











