काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण हुने तयारी गरिएको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल सरकार गठन हुने प्रक्रिया अघि बढाइएको हो।
शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी गरिएको छ।











