राजमो घोराही उपमहानगरपालिका वार्ड नं १५ को वडा भेला सम्पन्न

दिनेश रैदास दाङ
२०८१ भाद्र २९ शनिबार

दाङ, घोराही उपमहानगरपालिका वार्ड नं १५ मा रामप्रसाद पोख्रेलको अध्यक्षता तथा राजमो जिल्ला कोसाध्यक्ष हरी खरेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ।

भेलाले शोभाराम आचार्यको अध्यक्षतामा १३ सदस्यिय पूर्ण सहित ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा जिवलाल पाेखरेल, सचिव झविलाल खनाल, सहसचिव छविलाल बिक र कोसाध्यक्ष राजेन्द्र भण्डारी चयन हुनुभएको छ भने सदस्यहरुमा शेसमनी पोख्रेल, हुमाराम पोख्रेल, बुद्ध रामजाली, बसन्ता भट्टराई, चूमा खरेल, भक्तबहादुर खडका, नरवहादुर मिजार र विष्णु पन्थि रहनु भएको छ।

त्यसैगरी भेलाले सल्लाहकारमा भुवानन्द बञ्जाडे, खडानन्द खनाल, अशोक महरा, प्रेमलाल पोख्रेल र श्रीराम भट्टराई लगायत चयन हुनु भएको छ।

भेलामा प्रमूख अथिती राजमो जिल्ला कोसाध्यक्ष हरी खरेलले नवनिर्वाचित समितिलाई सुभकामना तथा सफल कार्यकालको सुभकामना दिदै नमुना वडा वनाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर जिएमले राजनीति ठूलो तथा धनी जमिन्दारले मात्र गर्छन् भन्ने सोँचाइ हटाउँदै गरी खाने वर्गले आफ्नो वर्गको पहिचान गरी हक अधिकार र परिवर्तनको लागि संगठित हुनुपर्ने बताउनुका साथै जतिवादी सोँच र संघीयताले देश विखण्डन हून्छ भन्नु भयो ।

त्यसैगरी राजमो जिल्ला सल्लहाकार खडानन्द खनाल, अखिल नेपाल युवक संघका जिल्ला कोसाध्यक्ष श्रीराम भट्टराई, अखिल छैंठौ जिल्ला सहसंयोजक सेवक भट्टराई, रक्तिम सांस्कृतिक अभियान रोल्पा जिल्ला अध्यक्ष विकाश बिष्ट लगायतले मन्तब्य राख्नु भएको थियो।

सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको भेला जिल्ला सदस्य मेघराज भट्टराईको स्वागत् मन्तब्य र सञ्चालन झविलाल खनालले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation