काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकि छन ।
राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। वादी समुदायबाट मन्त्री बन्ने उनी पहिलो व्यक्ति बनेकि छन्, जसलाई सामाजिक समावेशिता र प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
सीता वादीको नियुक्तिसँगै सरकारमा वादी समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित भएको छ। यसलाई राज्यका विभिन्न तहमा पछाडि परेका समुदायको पहुँच विस्तार गर्ने सकारात्मक कदमका रूपमा विश्लेषण गरिएको छ।











