काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को भक्तपुरको गुण्डुस्थित निवासमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
पक्राउ पर्ने हल्लाबीच ओली निवास वरपर रातिदेखि नै कार्यकर्ता तथा नेताहरूको उपस्थिति बढेको छ। निवास बाहिर पनि केही संख्यामा समर्थकहरू भेला भएका छन् भने विभिन्न सवारीसाधनहरू समेत वरपर रोकिएका छन्।
नयाँ सरकार गठनसँगै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही विषयलाई लिएर सुरक्षा निकायहरू सक्रिय भएका बताइएको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरिरहेका छन्। प्रहरीले भने आवश्यक प्रक्रिया पूरा गर्न सरकारसँग आधिकारिक लिखित आदेश माग गरेको जनाएको छ।
घटनाक्रमसँग सम्बन्धित विषयमा थप विवरण आउन बाँकी रहेको छ।











