काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा उनलाई भक्तपुरको कटुञ्जेबाट शनिबार बिहान पक्राउ गरेको हो। पक्राउका लागि जरुरी पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ।
भदौ २३ गते भएको ‘जेनजी’ प्रदर्शनका बेला उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए। उक्त दिन नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर केही किशोरको मृत्यु भएपछि उनले सोही साँझ पदबाट राजीनामा दिएका थिए।
सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकसहित सुरक्षा निकायका उच्च पदाधिकारीमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
यसै सिफारिस कार्यान्वयन गर्ने निर्णय बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो











