एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार बिहानै उनलाई नियन्त्रणमा लिइएको हो।
उनीलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइँदै गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
प्रहरी ठूलो संख्यामा भक्तपुरको गुण्डुस्थित निवासतर्फ पुगेपछि ओलीले दुई वरिष्ठ अधिवक्ता—रमेश बडाल र टिकाराम भट्टराईलाई निवासमा बोलाएका थिए।
पक्राउ गर्न पुगेका प्रहरीलाई एमालेका नेता तथा कार्यकर्ताले निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए। केहीबेर धकेलाधकेलको अवस्था सिर्जना भएको थियो भने सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको कार्यकर्ताहरूले बताएका छन्।
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार प्रहरी आवश्यक पुर्जीसहित बिहानै पक्राउका लागि पुगेको थियो।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation