काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
खड्का लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा मुछिएको आरोप छ। यसअघि जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा नगद पैसा उडेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सो घटनासम्बन्धी विषयमा पनि उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











