बालश्रम आरोपमा एमाले नेतृ रेखा शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले) नेतृ रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
उनका श्रीमान् चिन्तामणि शर्माले राति करिब ११ बजे प्रहरीले घरबाटै पक्राउ गरी लगेको पुष्टि गरेका छन्। प्रहरीका अनुसार शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउसँगै उक्त विषयले राजनीतिक तथा सामाजिक रूपमा चर्चा पाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation