केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। केही दिन निगरानीपछि उनलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ।
मुटुको परीक्षण रिपोर्ट सामान्य आएको छ भने पित्तथैलीमा ढुंगा देखिए पनि तत्काल शल्यक्रिया आवश्यक नरहेको जनाइएको छ।
यस्तै, दीपक खड्काको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।











