पेट्रोलमा ४१ र डिजेलमा ९४ बढेर आयपनि पुरानै मुल्य यथाबत, हवाइ इन्धन बढ्यो

काठमाडौं — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढे पनि नेपाल आयल निगमले तत्कालका लागि उपभोक्तालाई राहत दिँदै पेट्रोल र डिजेलको खुद्रा मूल्य यथावत् राखेको छ।
निगमका अनुसार नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा करिब ४१ रुपैयाँ र डिजेलमा ९४ रुपैयाँसम्म वृद्धि भए पनि हाललाई मूल्य नबढाउने निर्णय गरिएको हो। पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्यमा कुनै परिवर्तन गरिएको छैन।
यद्यपि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको छ भने आन्तरिक हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। नयाँ समायोजन चैत १८ गते बिहान १ बजेदेखि लागू भएको छ।
मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमले पछिल्लो १५ दिनमै करिब २१ करोड रुपैयाँ घाटा व्यहोरेको जनाएको छ। इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार लागत बढे पनि उपभोक्ताको हित र समग्र आर्थिक सन्तुलनलाई ध्यानमा राख्दै मूल्य स्थिर राखिएको निगमको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation