घुस प्रकरणमा प्रहरी अधिकृत पक्राउ

काठमाडौंमा कार्यरत एक प्रहरी नायब निरीक्षक घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। प्रहरी वृत्त मालीगाउँमा कार्यरत दिनेश राउतलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा रकम फिर्ता दिलाइदिने र मिलापत्र गराइदिने आश्वासन दिएबापत उनले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गहनापोखरी क्षेत्रबाट पक्राउ परेका राउतको साथबाट नगद रकम र एक थान मोबाइलसमेत बरामद गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation