काठमाडौँ — काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज गोङ्गबुस्थित नयाँ बसपार्क, कलङ्की र बल्खु क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ती स्थानमा सञ्चालित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमै यात्रा गर्न दबाब दिँदै सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार नयाँ बसपार्कबाट पाँच, कलङ्कीबाट २४ र बल्खुबाट १९ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










