पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा आजदेखि

बुटवल, चैत १९, २०८२ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभरका १९६६ परीक्षा केन्द्रमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै सुरु हुँदैछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उत्तरपुस्तिका परीक्षा सकिएको तीन दिनभित्रै परीक्षण गरिनेछ र परीक्षाफल एक महिनाभित्रै प्रकाशित गरिनेछ। यसपालि परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाइएको छ।
मन्त्री सस्मित पोखरेलले छिटो परिणाम प्रकाशनको निर्देशन दिएका थिए भने राष्ट्रिय परीक्षा बोर्डले इन्ट्री र रूजु गरी वैशाख मसान्तसम्म नतिजा प्रकाशित गर्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation