काठमाडौं, चैत १९, २०८२ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि सुरु हुँदैछ।
सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधान अनुसार मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आजका लागि आह्वान गरेका थिए।










