काठमाडौँ – प्रगतिशील पत्रकार संघले सरकारी विज्ञापन निजी मिडियामा रोक्ने सरकारको निर्णयप्रति कडा बिरोध जनाउँदै उक्त निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ।
बिहीबार संघका केन्द्रीय अध्यक्ष श्यामलाल पोखरेल ले विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका सञ्चारमाध्यमलाई विज्ञापन रोक्ने निर्णय गलत र स्वतन्त्र प्रेस विरोधी भएको स्पष्ट पार्नुभयो।
अध्यक्ष पोखरेलले सरकारसँग प्रेस स्वतन्त्रता सुनिश्चित गर्न र सूचना प्रवाहमा निजी मिडियाको भूमिका कायम राख्ने तर्फ तत्काल कदम चाल्न आग्रह गरेका छन्।










