बुटवलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिलाइदिने बहानामा ठगी गर्ने दुई बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–३ का २५ वर्षीय सरोज खनाल र गुल्मी रेसुङ्गा नगरपालिका–९ स्थायी घर भएकी बुटवल–१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा राखेको छ र ठगीसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र कारवाहीका लागि छानबिन भइरहेको प्रहरीले जनाएको छ।










