रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सेवाग्राहीसँग अतिरिक्त शुल्क लिएर काम गरिदिने भन्दै बिचौलियाको भूमिका खेलेका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
सिद्धार्थनगर नगरपालिका–६, गल्लामण्डीस्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीको काम छिटो गरिदिने बहानामा बढी शुल्क लिने गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेहरूमा ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









