गजल

नवीन बस्याल

कहिले हुन्छ हाम्रा नारीको जीवन र घर सुरक्षित,
मनमा त्रास राखी बाँच्नु नपर्ने रहर सुरक्षित।

सधैं अँध्यारो कुनामा बस्नुपर्ने कस्तो विडम्बना,
जता हेर्‍यौँ त्यस्तै,कहिले होला गाउँ,सहर सुरक्षित?

दिनमै डर, रात परे झन् बढ्छ त्रासको अन्धकार,
कहिले हट्छ पीडाको यो लामो प्रहर सुरक्षित?

न्यायालयले किन पीडकलाई उन्मुक्ति दिन्छ,
कहिले पाउँछ पीडितले आफ्नो स्थान ठहर सुरक्षित?

मनभरि रहर बोकेर पनि किन थुनिन्छन् पाइलाहरू,
कहिले मेटिन्छ मनभित्र घुलिएको जहर सुरक्षित?

पीडितले न्याय नपाउने यो कस्तो व्यवस्था भयो,
कहिले देखिन्छ परिवर्तनको सानो असर सुरक्षित?

निर्मला, भागरथी,
इनिशाले न्याय पाउनु पर्छ,
कहिले बन्छ हरेक चेलीको जीवनभर खबर सुरक्षित।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation