विश्व सुख शान्ति बौद्ध विहारमा श्रद्धा र सम्मानका साथ स्मरण

रुपन्देही । चैत २१ गते शोबिसन किरण स्मृति फाउन्डेसनको आयोजनामा स्वर्गीय शोबिसन पाण्डे र किरण पाण्डेको १०औं पुण्य स्मृति दिवस तिलोत्तमा–१ स्थित विश्व सुख शान्ति बौद्ध विहार मा श्रद्धापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा तथा  बौद्ध विहारका अध्यक्ष चन्द्रबहादुर श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा फाउन्डेसनका संरक्षक विष्णुजी पाण्डे (माइला बा), आदरणीय भन्तेज्यू, सल्लाहकार डिल्ली नारायण पाण्डेय, कोषाध्यक्ष दीपक कार्की, विहारका उपाध्यक्ष शेरबहादुर राना मगर, सचिव इन्दु थापा, कोषाध्यक्ष जीवन बुढाथोकी तथा फाउन्डेसनका कार्यसमिति सदस्य प्रकाश गौतमलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन फाउन्डेसनका  सचिव रुकु पाण्डेयले गर्नुभएको थियो।

कार्यक्रममा दिवंगत  बाबुहरु  शोबिशन र किरण  को   सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको संझना  गरिएको थियो। साथै, बाबुहरूको स्मरणमा सहयोग हस्तान्तरण पनि गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation